४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अर्थ

पर्यटनमा पुरुत्थान र दिगो कार्यक्रम

सरकारले कोभिड–१९ तथा बाह्य प्रभावले पर्यटन क्षेत्रमा परेको प्रभाव अध्ययन गरी पुनरुत्थान लगायत दिगो पर्यटनका कार्यक्रम ल्याउने जनाएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सार्वजनिक गरेको सरकारको नीति तथा कार्यक्रममा आर्थिक वर्ष ०७७/७८ भित्र निमार्णाधीन दुई अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गरिने उल्लेख छ ।  

पोखरामा निर्माणाधीन क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल र भैरहवाको गौतमवुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण सम्पन्न गरी आगामी आर्थिक वर्षभित्रै सञ्चालनमा ल्याइनेछ । यसअघि चालु आर्थिक वर्षभित्रै गौतमबुद्ध विमानस्थल सञ्चालनमा ल्याउने सरकारले बताएको थियो ।  

राष्ट्रपति भण्डारीले त्रिभुवन विमानस्थललाई पूर्ण रुपमा बुटिक विमानस्थलमा परिणत गर्दै आगामी आर्थिक वर्षदेखि सञ्चालन गरिने जानकारी दिइन् ।  

त्यस्तै, प्रस्तावित निजगढ विमानस्थलको काम प्रारम्भ गर्ने सरकारकोे नीति छ । आगामी आवमा तीन आन्तरिक विमानस्थलको धावनमार्ग कालोपत्रे गरिनेछ ।

चालु आवमा देशभरका आठवटा आन्तारिक विमानस्थलबाट  रात्रिकालीन उडान र अवतरण गर्न मिल्ने गरी निमार्ण सम्पन्न भएको जानकारी दिँदै राष्ट्रपति भण्डारीले तेह्रथुमको चुहानडाँडामा आन्तारिक विमानस्थलको काम अघि बढाउने सरकारको लक्ष्य रहेको बताइन् । चालु आवभित्रै काभ्रेमा आन्तरिक विमानस्थल निर्माण गर्न जग्गा खोज्ने नीति लिएको सरकारले आगामी आवमा समेत यसलाई जारी राख्ने दोह¥याएको छ ।

राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल आगामी आवभित्रै निर्माण सुरु हुने भण्डारीले घोषणा गरेकी छन् ।  

लुम्बनीमा सभाहल र पाँच हजार व्यक्ति क्षमताको ध्यानकेन्द्र सञ्चालनमा ल्याउने सरकारको नीति रहेको भन्दै राष्ट्रपति भण्डारीले लुम्बिनी क्षेत्र विस्तार गर्न बृहत्तर लुम्बिनी अवधारणा ल्याउने बताइन् । साथै, रामग्राम गुरुयोजना कार्यान्वयन तथा तिलौराकोटलाई विश्व सम्पदा सूचीमा राख्ने प्रक्रिया अघि बढाउने सरकारको लक्ष्य छ ।

हवाई उड्डयन क्षेत्रमा नियामक र सेवा प्रदायकका लागि छुट्टाछुट्टै संस्थागत व्यवस्था गरी कार्यान्वयनमा ल्याइने जनाइएको छ । राष्ट्रपति भण्डारीले  विमानस्थल तथा नाकामा क्वारेन्टिन र आधुनिक हेल्थ डेस्क निर्माण गर्ने योजना पनि सुनाइन् ।  

पर्यापर्यटनको प्रवद्र्धन गर्दैै सरकारले हिमतालको संरक्षण गर्ने र हिमाल सफाइको कामलाई समेत निरन्तरता दिने बताइएको छ । हिमाली क्षेत्रमा अत्याधुनिक सुविधासहितका हिल स्टेसन र पर्यटकीय सुविधा भएका होटल तथा रिसोेर्टका पूवाधार विकास गर्न प्रोत्साहन गर्ने सरकारको नीति छ ।  

प्रकाशित: २ जेष्ठ २०७७ २३:०७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App