काठमाडौं-विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाईरस (कोभिड–१९) वाट हुने जोखिम वहन गर्न सूरु भएको ‘कोरोना बीमा’ गर्नैको संख्या बढ्दै गएको छ।
वैशाख ७ गतेवाट औपचारिक रुपमा सूरु भएको कोरोना बीमा २२ दिनको अवधीमा करिब ५१ हजार जनाले कोरोना बीमा गरेका छन्।
निर्जीवन बीमा कम्पनीको छाता संगठन नेपाल बिमक संघका अनुसार वैशाख २९ गतेसम्म करिब ५१ हजार जनाको बीमा भएको छ। सो अवधीमा करिब दुई करोड ७५ लाख रुपैयाँ बीमाशूल्क (प्रिमियम) रकम संकलन भएको हो।
मुलुकका १९ निर्जीवन बीमा कम्पनी र नेपाल पूर्नर्विमा कम्पनीले जोखिम वहन गर्नै सहमतिमा सूरु भएको कोरोना बीमाप्रति संस्थागत तथा सर्वसाधारण दुवैको आकर्षण बढ्दै गएको नेपाल बीमक संघका अध्यक्ष दिपप्रकास पाण्डेले बताए।
दैनिक करिब दुई हजार बीमा पोलिसी बिक्रि हुने गरेको बताउँदै उनले कोरोना पोजेटिभ भएको पुष्टि भएपछि तत्काल दावि भुक्तानी गरिने बताए।
‘१० दिनअघिस करिब २३ हजार जनाले कारोना बीमा गरेकोमा आईतबार उक्त संख्या बढेर करिब ५१ हजार पुगेको छ’ उनले भने, ‘हालसम्म बीमा गरेको अधिकांस मध्यम तथा न्यून आय भएका परिवारका सदस्य रहेका छन्। ’
शिखर इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत समेत रहेको उनले कोरोना बीमा कार्यक्रमलाई व्यापक रुपमा अघि बढाउन सम्वन्धित निकायको सहयोग आवश्यक रहेको बताए।
‘घरमै बसेर ‘अनलाईन’ मार्फत प्रिमियम रकम भुक्तानी गरी कोरोन बीमा गर्न सकिन्छ’ उनले भने, ‘कारखानामा दैनिक ज्याला मजदुरी गर्ने, व्यापारी, किसान, ड्राइभर, वित्तीय संस्थामा कार्यरत कर्मचारीलगायत अन्य क्षेत्रमा कार्यरत कर्मचारीलाई यस बीमा योजनामा समावेश गर्न केन्द्र सरकारले स्थानीय तहसँग समन्वय गर्न आवश्यक छ। ’
बीमा समितिका अनुसार क र ख श्रेणीमा जारी गरिएको कोरोना बीमा गर्न श्रेणी क ले एक लाख रुपैयाँ र श्रेणी ख ले ५० हजार रुपैयाँ बराबरको जोखिम बहन हुन्छ।
श्रेणी ‘क’ को बिमा गर्न एक हजार रुपैयाँ प्रिमियम रकम भुक्तानी गर्नूपर्छ भने परिवारका अन्य सदस्यको बीमा गरेमा प्रतिव्यक्ति थप ६ सय रुपैयाँ शूल्क लाग्छ।
त्यसैगरी, श्रेणी ‘ख’ को बीमाशूल्क प्रतिव्यक्ति पाँच सय रुपैयाँ बीमाशूल्क निर्धारण गरिएको समितीले जनाएको छ। यस योजनामा परिवारका अन्य सदस्यको बीमा गरे प्रतिव्यक्ति तीन सय रुपैयाँ थप शूल्क लाग्ने समितीका कार्यकारी निर्देशक राजुरमण पौडलले बताए।
अन्य बीमालेख खरिद गर्न बीमा गर्नै मानिसको हस्ताक्षर अनिवार्य भएपनि कारोना बिमाका लागि ‘अण्डर राइटिङ्’ आवश्यक नभएकाले अनलाईनवाटै बिमा गर्न सकिन्छ भने अनलाईन बाटै दावि भुक्तानी समेत गर्न सकिने व्यवस्था छ।
कारोना रोग लागीसकेपछि बीमा गर्दा दावि भुक्तानी नहुने बताउँदै उनले यसका लागी १४ दिनको ‘कुलिङ् पिरीयड’ रहेको बताए। बीमा गरेको मासिनको १४ दिनपछि ‘पिसीआर’ परिक्षण गर्दा ‘पोजेटिभ’ देखिएमा तत्काल अनलाईनका माध्यमवाट पीडितलाई दावि भुक्तानी हुने व्यवस्था छ।
कारोना बीमाको जोखिम बहन २० प्रतिशत नेपाल पूनर्विमा कम्पनी र बाँकी निर्जीवन बीमा कम्पनीले वेहोर्ने उनले जानकारी दिए।
प्रकाशित: ३० वैशाख २०७७ १२:१९ मंगलबार