१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

भागेश्वरका सबै वडामा १५ प्रतिशत सहुलियतमा पसल सञ्चालन

भागेश्वर गाउँपालिकाको कार्यालय बगरकोट ।

डडेल्धुरा- लकडाउनका समयमा डडेल्धुराको भागेश्वर गाउँपालिकाका सबै वडामा सहुलियत पसल संचालन गरिएका छन् । १५ प्रतिशत सहुलियतमा खाद्यान्न वस्तु उपलब्ध गर्न पाँच वटै वडामा सहुलियत पसल संचालन गरिएका हुन । लकडाउनका समयमा स्थानीयले सस्तो भाउमा खाद्यान्न उपभोग गर्न पाउन भन्ने उद्देश्यले सहुलियतमा चामल, दाल, नुन र तेलको बिक्री वितरण थालिएको गाउँपालिका अध्यक्ष कौशिला भट्टले बताइन् ।

एक सातादेखि यस्ता पसल संचालन गरिएका छन् । सहुलियत पसल लकडाउनसम्मै संचालनमा रहने उनले बताइन् । खाद्यान्न संकट हुन नदिन प्रत्येक वडामा सहुलियत पसल संचालन गरिएका हुन । धनगढीबाट उपभोग्य वस्तु खरिद गरी प्रत्ेक वडामा पुर्‍याएको उनले बताइन् । खाद्य वस्तुमा लागेको लागतको १५ प्रतिशत गाउँपालिकाले भुक्तानी गर्ने उनको भनाई छ । गाउँपालिकाले आर्थिक रुपमा विपन्न रहेका चार सय ५० परिवारका लागी राहत दिन वडा कार्यालयमा खाद्यान्न समेत पुर्‍याइएको उनले बताइन् ।

वडाले तथ्यांक संकलन गरि गाउँपालिकामा राहत पाउन योग्य परिवारको सिफारिसमा विपन्न वर्ग समुदायका परिवारलाई राहत वितरण गर्न थालिएको उनले बताइन् । स्थानीयको घरदैलोमा वडा सरकार छ । उनले भनिन्, प्रत्येक गाउँमा वडा सदस्य छन् । एउटा वडामा ८–१० गाउँ छन् । वडा अध्यक्षलाई पनि जानकारी हुन्छ । कुन व्यक्ति दैनिक ज्याला मजदुरी गरेर छाक टार्छन् । लकडाउनको मारमा कुन कुन परिवार छन् । त्यसैले वडा कार्यालयको सिफरिसमा राहत वितरण गरिन लागेको हो । उनले थपिनवडा कार्यालमै खाद्यान्न पठाई सकेका छौ । स्थानीयले वडा कार्यालय बाटै राहत लिई रहेका पनि छन् ।

भागेश्वर गाउँपलिकाका ९५ प्रतिशत स्थानीय कृषि पेशामा आश्रित छन् । उनले भनिन्, कृषि गर्नेहरुले खाद्यान्नको जोहो गरेका हुन्छन् । लकडाउनको समय लम्बिदै जान थालेपछि सहुलियत पसल संचालनमा ल्याएका हौ । भने राहत वितरणको काम पनि सुरु गरेका छ । यसले गाउँपालिकावासीलाई भोकै बस्नु पर्ने छैन ।

 

 

 

 

 

 

प्रकाशित: ११ वैशाख २०७७ ०५:१८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App