४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अर्थ

इन्दुशंकरमा ताला लगाउने चेतावनी

प्रदूषण नियन्त्रणका लागि गत आइतबार दिउँसो इन्दुशंकर चिनी उद्योग प्रशासन अगाडि नाराबाजी सहित धर्नामा बसेकी उपमेयर रेणुका पौडेल लगायत। तस्बिर : टंक/नागरिक

सर्लाही – हरिवनस्थित इन्दुशंकर चिनी उद्योगले प्रदूषण नियन्त्रणमा कुनै ध्यान नदिएको भन्दै आन्दोलनमा उत्रिएका स्थानीय र उद्योग व्यवस्थापनबीचको वार्ता बिनानिष्कर्ष टुंगिएको छ। मंगलबार झण्डै साढे दुई घन्टा चलेको वार्ता बिनानिष्कर्ष टुंगिएको हो।

स्थानीयले चिनी उद्योगको प्रदूषण नियन्त्रणका लागि दबाब दिने उद्देश्यले गत शनिबारसंघर्ष समिति गठन गरेर आन्दोलनमा उत्रिएका थिए। तीन दिनभित्र धुलो, धुवाँ, दुर्गन्ध नियन्त्रण नगरे तालाबन्दीसहित कडा आन्दोलनमा उत्रने चेतावनीसहित गत आइतबार ज्ञापनपत्र बुझाएपछि मिल व्यवस्थापनले मंगलबार संघर्ष समितिलाई वार्तामा बोलाएको थियो।

उद्योग व्यवस्थापनले धुलो धुँवा तत्काल नियन्त्रण गर्न नसकिने हुँदा एक वर्ष पर्खिन आग्रह गरेको र आफूहरुले लिखित प्रतिबद्धता माग्दा नदिएको संघर्ष समितिका संयोजक सुरेशराज भट्टराईले बताए। ‘उद्योग व्यवस्थापनले तत्काल नियन्त्रण गर्न सकिँदैन, कम्तीमा एक वर्ष कुर्नुपर्छ भन्यो। हामीले एक वर्ष समय दिन्छौं तर अर्को सिजनमा पूर्ण नियन्त्रण गर्नुपर्छ, त्यसो नभए उद्योग बन्द गर्न तयार छौं भनेर लिखित प्रतिबद्धता माग्यौं,’ संयोजक भट्टराईले भने, ‘एक वर्ष समय दिँदा पनि उहाँहरुले लिखित प्रतिबद्धता दिन मान्नु भएन अनि वार्ताले कुनै निचोड दिन सकेन।

बुधबारबाट इन्दुशंकरविरुद्ध चरणबद्ध आन्दोलनमा उत्रने संयोजक भट्टराईले जानकारी दिए। ‘अब हामी भोलिबाट उद्योगविरुद्ध चरणबद्ध आन्दोलनमा उत्रन्छौं मंगलबारसाँझ संयोजक भट्टराईले नागरिकसँग भने, भोलि दिउँसो दुई घन्टा उद्योगको दुईवटा गेटमा तालाबन्दी गर्नेछौं र हरेक दिन तालाबन्दीको समय थप गर्दै जानेछौं।

प्रकाशित: २२ माघ २०७६ ०३:१६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App