७ आश्विन २०८१ सोमबार
image/svg+xml
अर्थ

मञ्चको १५ औं बैठक सिचुवानमा

काठमाडौं – नेपाल–चीन गैह्रसरकारी सहयोग मञ्चको आगामी १५औं बैठक सन् २०२० को सेप्टेम्बर अन्तिम साता चीनको सिचुवानमा गर्ने सहमति भएको छ। आगामी वर्षको सेप्टेम्बरमा चीनको सिचुवानमा आयोजना हुने वेस्टर्न चाइना अन्तर्राष्ट्रिय मेलाको अवसर पारेर उक्त बैठक गर्ने सहमति बनेको हो।

नेपाल पक्षको नेतृत्व मञ्चका सह–अध्यक्ष रविभक्त श्रेष्ठ र चिनिया“ पक्षको नेतृत्व सिचुवान प्रान्तीय उद्योग वाणिज्य महासंघका अध्यक्ष छन् फाङले मंगलबार काठमाडौंमा उक्त सहमति गरेका हुन्। बैठकमा भाग लिने क्रममा अध्यक्ष छन् फाङको नेतृत्वमा सिचुवानको व्यावसायिक प्रतिनिधिमण्डल नेपाल भ्रमणमा आएको छ।

व्यापार प्रवद्र्धन, लगानी आकर्षण, पर्यटन तथा सांस्कृतिक आदानप्रदान तथा दुवै देशका गैह्रसरकारी क्षेत्रबीच हुने अन्य आपसी सम्बन्ध विस्तार गर्ने उद्देश्यले निजी क्षेत्रबाट नेपाल उद्योग वाणिज्य महासंघ र अखिल चीन उद्योग वाणिज्य महासंघको संयुक्त पहलमा सन् १९९६ अप्रिलमा मञ्च स्थापना गरिएको हो।

मञ्चको बैठक दुवै देशमा पालैपालो हुँदै आएको छ। मञ्च स्थापनापछि बैंकिङ, पर्यटन, नीति निर्माण तथा सूचना आदान प्रदान, व्यापार सहजीकरण, व्यापार प्रवद्र्धन लगायत क्षेत्रमा निकै धेरै सफलता हासिल भएको छ।

मञ्चको आगामी बैठकमा चीनले अगाडि सारेको एक क्षेत्र एक सडक अन्तर्गत पर्यटन, कृषि, ऊर्जा, पूर्वाधाँर निर्माण, मानव संशाधन विकाससहित अन्य महŒवपूर्ण क्षेत्रमा सहयोग र सहकार्यमा छलफल हुने समेत बैठकले तय गरेको छ।

बैठकमा मञ्चका माध्यममार्फत निकै धेरै क्षेत्रमा सहकार्य गर्न सम्भव भएको विश्लेषण गर्दै आगामी दिनमा मञ्चका माध्यमबाट नेपालमा चिनिया“ लगानी, प्रविधि, सीप र चिनिया“ विकास मोडल आकर्षित गर्न सहकार्यलाई अझ बढी घनिभूत ढंगले अगाडि बढाउनु पर्नेमा समेत दुवै पक्षको जोड छ।

बैठकमा सिचुवान प्रनिधिमिण्डलका तर्फबाट नेपालको विकास प्रयासमा सक्दो सहयोग गर्ने र अहिले पनि सिचुवानबाट नेपालको पर्यटन, कृषि, ऊर्जा, पूर्वाधार विकासमा सबैभन्दा बढी लगानी आइरहेको र नेपालमा लगानीका अवसर तथा प्रक्रियाका विषयमा चिनिया“ लगानीकर्तासमक्ष पर्याप्त जानकारी पुग्नसकेमा अझै बढी लगानी आउने धारणा समेत राखिएको थियो।

प्रकाशित: ११ मंसिर २०७६ ०२:२६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App