१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

गोसाइँकुण्ड मेलाकाे दररेट ताेकियाे

रसुवा – जनैपूर्णिमाको अवसरमा लाग्ने गोसाइँकुण्ड मेलाका लागि दररेट (शुल्क) निर्धारण भएको छ। मेलाको समयमा तीर्थयात्री ठगिने सम्भावना कम गर्नका लागि दररेट निर्धारण गरिएको हो।

भौगोलिक अवस्थिति र दूरीलाई आधार बनाएर दररेट निर्धारण गरिएको गोसाइँकुण्ड क्षेत्र विकास समितिले जनाएको छ। मेलाको समयमा व्यवसायीले फरक–फरक शुल्क लिँदा समस्या हुने भएकाले हरेक वर्ष शुल्क तोक्ने गरिएको छ।

प्रत्येक वर्ष शुल्क तोकिने गरिएपछि कार्यान्वयन फितलो भएको तीर्थयात्रीको भनाइ छ। सदरमुकाम धुन्चेसम्मको शुल्क तोकिएको छैन। घट्टेखोलादेखि गोसाइँकुण्डसम्मका लागि शुल्क निर्धारण गरिएको समितिका अध्यक्ष संजीव डिएमले बताए।

गोसाइँकुण्ड जान चारवटा पदमार्ग रहेको भए पनि समितिले धुन्चे गोसाइँकुण्ड पदमार्गको लागि मात्र शुल्क निर्धारण गर्दै आएको छ। गोसाइँकुण्ड जान सबैभन्दा बढी यो बाटो चल्तीमा रहेका कारण यहाँको शुल्क निर्धारण गरिएको उनको भनाइ छ।

समितिले चिया, खाना, तातोपानी, बास र घोडाचढीका लागि शुल्क निर्धारण गरेको छ। घट्टेखोलामा कालो चिया २०, दूध चिया २५, खाना दुई सय २०, छाप्रो र थर्पुमा सुतेको दुई सय २५, होटलमा सुतेको प्रतिव्यक्ति दुई सय २५, होटलको कोठामा सुतेको तीन सय ५० रुपैयाँ तोकिएको छ।

फेदी, दिउराली ढिम्सामा कालो चिया २५, दूध चिया ३०, खाना तीन सय, छाप्रो र थर्पुमा सुतेको तीन सय २५, होटलमा सुतेको प्रतिव्यक्ति तीन सय २५, होटलको कोठामा सुतेको चार सय ७५ तोकिएको छ।

चन्दनबारी तथा चोलाङपाटीमा कालो चिया ३०, दूध चिया ४५, खाना तीन सय ८५, छाप्रो र थर्पुमा सुतेको चार सय, होटलमा सुतेको प्रतिव्यक्ति चार सय, होटलको कोठामा सुतेको पाँच सय ५० र तातोपानीको २५ रुपैयाँ शुल्क पर्छ।

लौरिविना तथा बुद्ध मन्दिरमा कालो चिया ३५, दुध चिया ५५, खाना चार सय ९५, छाप्रो र थर्पुमा सुतेको ४ सय ५०, होटलमा सुतेको प्रतिव्यक्ति चार सय ५०, होटलको कोठामा सुतेको ६ सय ५० र तातोपानीको ३० रुपैयाँ शुल्क राखिएको समितिले जनाएको छ।

गोसाइँकुण्डमा कालो चिया ४०, दूध चिया ६०, खाना पाँच सय, छाप्रो र थर्पुमा सुतेको चार सय ५०, होटलमा सुतेको प्रतिव्यक्ति चार सय ५०, होटलको कोठामा सुतेको ६ सय ५० र तातोपानीको ३५ रुपैयाँ शुल्क पर्छ।

त्यसैगरी घोडाचढीका लागि घट्टेखोला चन्दनबारी तीन हजार दुई सय ५०, घट्टेखोला बुद्ध मन्दिर पाँच हजार पाँच सय, घट्टेखोला गोसाइँकुण्ड ६ हजार पाँच सय, देउराली चोलाङपाटी दुई हजार सात सय ५०, देउराली बुद्ध मन्दिर पाँच हजार, देउराली गोसाइँकुण्ड ६ हजार शुल्क तोकिएको छ।

चन्दनबारी बुद्ध मन्दिर चार हजार पाँच सय, चन्दनबारी गोसाइँकुण्ड पाँच हजार, चोलाङपाटी बुद्ध मन्दिर तीन हजार पाँच सय र चोलाङपाटी गोसाइँकुण्ड चार हजार पाँच सय रुपैयाँ शुल्क निर्धारण गरिएको समितिले जनाएको छ।

प्रकाशित: १७ श्रावण २०७६ ०३:५१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App