७ आश्विन २०८१ सोमबार
image/svg+xml
अर्थ

भुक्तानी माग्दै उखु किसान अनशनमा

सर्लाही – उधारो उखुको रकम भुक्तानी माग गर्दै उखु किसान संघर्ष समितिले आइतबारबाट मलंगवामा रिले अनशन सुरु गरेको छ। धनकौल गाउँपालिकामा रहेको अन्नपूर्ण सुगर एन्ड जेनरल इन्डस्ट्रिज प्रालिले विगत तीन आर्थिक वर्षको र गोडैता नगरपालिकास्थित बगदहमा रहको श्री महालक्ष्मी सुगर प्रालिले पाँच महिनाको बाँकी राखेको रकम भुक्तानी माग गर्दै मलंगवाको सहिद पार्कमा उखु किसानले रिले अनशन सुरु गरेका हुन्।

पटक–पटक भुक्तानीका लागि चिनी मिल र स्थानीय प्रशासनसँग आग्रह गर्दा पनि कुनै सुनवाइ नभएपछि बाध्य भएर रिले अनशन गर्नुपरेको संघर्ष समितिले जनाएको छ। तीनबुँदे माग राख्दै उखु किसानले रिले अनशन सुरु गरेका छन्। उखु किसानको भुक्तानी तुरुन्त गर्नुपर्ने, चिनी मिलले आफूखुसी कायम गरेको मूल्य पाँच सय खारेज गरी सरकारले तोकेको प्रतिक्विन्टल पाँच सय ३६ रुपैयाँ नै भुक्तानी दिनुपर्ने र उखुको तौलमा प्रतिक्विन्टल २० प्रतिशतसम्म ढालटा (सुक्खा कटी) को नाममा काटिएको रकमसमेत भुक्तानी दिनुपर्ने किसानको माग छ।

भुक्तानी नपाएपछि घरव्यवहार, शिक्षा, स्वास्थ्य तथा विहेवारीको खर्च ऋण काढेर गर्नुपरेको किसानको गुनासो छ। प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले उखुको भुक्तानीका लागि उद्योगीलाई आफूले ताकेता गरेको बताए।

प्रकाशित: ६ जेष्ठ २०७६ ०४:५३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App