काठमाडौं – कामना सेवा विकास बैंकले आफ्नै कामना सेवा रेमिट सुरु गरेको छ। बैंकका अध्यक्ष सुदिप आचार्य, सञ्चालक विश्वेश्वर सुवेदी र प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले संयुक्त रुपमा सो सेवाको शुभारम्भ गरेको बैंकको विज्ञप्तिमा उल्लेख छ।
यो सेवा कामनाका सबै शाखा तथा देशभरका करिब सात हजार पाँच सय एजेन्टमार्फत लिन सकिने बैंकले जनाएको छ।
प्रकाशित: २ जेष्ठ २०७६ ०६:०४ बिहीबार