१ मंसिर २०८१ शनिबार
image/svg+xml
अर्थ

ककनीमा कृषि प्रदर्शनी हुने

नुवाकोट - नुवाकोटको ककनी गाउँपालिका–४ रानीपौवामा ‘पोष्टबहादुर बोगटी स्मृति कृषि प्रदर्शनी मेला २०७६’ हुने भएको छ। नुवाकोटको कृषि पर्यटनलाई विस्तार गर्ने उद्देश्यसहित जेठ ४ देखि ८ गतेसम्म ककनी गाउँपालिकाको सहआयोजनामा पोष्टबहादुर बोगटी स्मृति प्रतिष्ठानले कृषि मेला गर्न लागेको हो।

स्वर्गीय पोष्टबहादुर बोगटीको आदर्शलाई जनस्तरसम्म स्थापित गराउँदै कृषकलाई कृषि पेसामा आकर्षण बढाउने, विषादीरहित अर्गानिक कृषि उत्पादनमा जोड दिने, कृषिलाई आधुनिकीकरण तथा व्यावसायीकरण गर्ने र कृषि पैदावरलाई उपभोक्ता बजारको पहुचमा पु-याउन कृषि मेला केन्द्रित गर्ने मेला व्यवस्थापन समितिका संयोजक हिरानाथ खतिवडाले बताए।

‘नुवाकोटको मात्र नभई सिंगो नेपाललाई राजनीतिक रुपबाट आर्थिक तथा सामाजिक पक्षका लागि आवाज उठाउदा उठाउँदै संसार छाड्नुभयो। उहाँको सम्झनामा कृषि मेला आयोजना गर्न लागेका हौं,’  खतिवडाले भने, ‘हामी मेलामार्फत कृषि क्षेत्रमा आधुनिक मल, बिउबीजन तथा आधुनिक औजार भित्र्याउन, राम्रो र उत्कृष्ट कृषकलाई प्रोत्साहित गराउने, उत्पादन बढाउने तथा आत्मनिर्भर अर्थतन्त्र निर्माण गरी सुखी नेपाली र समृद्ध नेपाल निर्माण गर्ने समाजवाद उन्मुख राष्ट्र निर्माण गर्ने अभियानमा लाग्ने छौं।’

कृषि मेलामा जिल्लाका १२ वटै स्थानीय तह र बाहिरी जिल्लाको पनि विशेषता झल्कने कृषि सामग्रीको स्टल राखिने आयोजकले जनाएको छ। कृषि मेलाका लागि ककनी गाउँपालिकाले ६ लाख रुपैयाँ विनियोजन गरिसकेको गाउँपालिका अध्यक्ष मानबाहदुर लामाले बताए।

प्रकाशित: १५ वैशाख २०७६ ०१:४९ आइतबार

ककनी_गाउँपालिका प्रदर्शनी_मेला कृषि_प्रदर्शनी