१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml
अर्थ

आन्तरिक विमानस्थलमा बेबी जोन

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए)ले आन्तरिकतर्फ पनि हिमालय हर्बलको सहयोगमा बेबी जोन स्थापना गरेको छ। सुत्केरी आमा र बच्चालाई ध्यानमा राख्दै विमानस्थलले सोमबारबाट बेबी जोन सञ्चालनमा ल्याएको हो। 

विमानस्थलका महाप्रबन्धक राजकुमार क्षत्रीले बेबी जोन उद्घाटन गरेका हुन्। विमानस्थलले अन्तर्राष्ट्रिय उडानतर्फ यसअघि नै बेबी जोन सञ्चालन गरिसकेको छ। 

जहाज पर्खिंदा बच्चालाई राख्न र दूध खुवाउन समस्या नहोस् भनेर विमानस्थलभित्रै बेबी जोन सञ्चालनमा ल्याइएको महाप्रबन्धक क्षत्रीले जानकारी दिए। जहाज पर्खाइमा रहेका बेला बच्चालाई सुताउन र सुत्केरी आमालाई आराम गर्न सो कक्ष प्रयोग गर्न सकिने उनले बताए। हिमालय हर्बलको सहयोगमा विमानस्थलमा बेबी जोन स्थापना भएको हो।

 

प्रकाशित: १३ चैत्र २०७५ ०५:११ बुधबार

बेबी_जोन त्रिभुवन_अन्तर्राष्ट्रिय_विमानस्थल