१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

ग्वार्कोमा सिजीको लाइफस्टाइल सोपी

काठमाडौं – डिजिटल होम इन्टरटेनमेन्ट तथा होम अप्लाइन्सेसको कारोबार गर्दै आएको सिजी इलेक्ट्रोनिक्सले हालसालै ललितपुरको ग्वार्कोबाट इमाडोलतर्फ जाने बाटोमा सोरुम खोलेको छ। 

नेपालका लागि विश्वविख्यात ब्रान्ड एलजीको अधिकृत वितरकसमेत रहेको उक्त कम्पनीले उद्घाटन समारोहमा एलजीई सिंगापुरका निर्यात निर्देशक सेउङ हो ली, सिजी कर्पग्लोबलका प्रबन्ध निर्देशक निर्वाण चौधरी र एलजीई सिंगापुर तथा सिली इलेक्ट्रोनिक्सका उच्च अधिकारीहरुको उपस्थितिमा उक्त सोरुम उद्घाटन गरिएको जनाएको छ।

ग्वार्कोको एलजी लाइफस्टाइल सोपीमा एलजीका उत्पादनहरुको बृहत् रेन्ज उपलब्ध रहेको पनि विज्ञप्तिमा उल्लेख छ।  
यो एलजी सोरुममा एजलीद्वारा उत्पादित होम इन्टरटेनमेन्ट, होम अप्लाइन्सेस, एयरकन्डिसनिङ र इनर्जी सलुसन्सका सबै नविन उत्पादनहरु छन्।

नयाँ सोरुम उद्घाटनको अवसर पारेर कम्पनीले आकर्षक प्रवद्र्धनात्मक अफर अघि सारेको छ। जस अन्तर्गत मार्च ६ सम्म ग्राहकले एलजीका उत्पादन किन्दा २० प्रतिशत डिस्काउन्ट पाउनेछन्। 

कम्पनीले मुलुकका अन्य सहरमा पनि निकट भविष्यमै यस्तै एक्सक्लुसिभ सोरुम विस्तार गर्ने जनाएको छ।

 

प्रकाशित: ९ फाल्गुन २०७५ ०१:२१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App