५ मंसिर २०८१ बुधबार
image/svg+xml
अर्थ

सार्वजनिक खर्च पुनरावलोकन आयोगले प्रतिवेदन बुझायो

काठमाडौ – सार्वजनिक खर्च पुनरावलोकन आयोगले सरकारलाई आफ्नो प्रतिवेदन बुझाएको छ। विद्यमान बजेट प्रणालीलाई सुधार एवं परिमार्जन गरी संघीय संरचनाअनुरुप बनाउन अपनाउनुपर्ने कामबारे आवश्यक सुझाव दिन गठित समितिले शुक्रबार अर्थमन्त्री युवराज खतिवडालाई प्रतिवेदन बुझाएको हो। 

डिल्लीराज खनालको अध्यक्षतामा गठित आयोगको प्रतिवेदन बुझ्दै अर्थमन्त्री खतिवडाले आयोगले दिएका सुझाव कार्यान्वयन गर्दै अघि बढ्ने बताए। मुलुकका तीनै तहका सरकारको खर्च प्रणालीको व्यवस्थापन गरी वित्तीय अनुशासन कायम गर्ने लगायत विभिन्न पक्षबारे प्रतिवेदनमा सुझाव दिइएको आयोगका अध्यक्ष खनालले बताए। 

कार्यक्रममा अर्थ सचिव राजन खनालले विद्यमान खर्च प्रणालीमा देखिएका समस्यालाई समाधान गर्दै जाने सन्दर्भमा यो प्रतिवेदन समग्र सुधारको एउटा अंग बन्ने बताए। वित्त क्षेत्रमा देखिएका समस्यालाई समाधान गरी मुलुकको विकास र समृद्धिको पक्षमा टेवा पुगोस् भन्ने उद्देश्यले सरकारले गत भदौ ३ गते आयोग गठन गरेको थियो।

 

प्रकाशित: ५ फाल्गुन २०७५ ०४:५९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App