२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
अर्थ

सुनसरीकी गीता लेगोको विजेता

काठमाडौं – गोल्छा अर्गनाइजेसनको सह–कम्पनी तथा लेगोको आधिकारिक बिक्रेता म्याभरिक प्रालिको द फन स्टेसनले फेमिली ट्रिप टू लेगोल्यान्ड दुबई को विजेता घोषणा गरेको छ। सो योजना ५ अक्टोबरदेखि १५ नोभेम्बर २०१८ सम्म सञ्चालन भएको थियो।

सो योजनामा हजारजना उपभोक्ताले सहभागिता जनाएको र तीमध्येबाट धरान, सुनसरीकी गीता थापाले लक्की ड्रबाट फेमिली ट्रिप टू लेगोल्यान्ड दुबई जितेको कम्पनीले जनाएको छ। लक्की ड्र नक्साल, भाटभटेनीमा २४ नोभेम्बरमा भएको थियो। सातजना अरु सहभागीले सान्त्वना पुरस्कार पाएको विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: १२ मंसिर २०७५ ०४:०६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App