१५ मंसिर २०८१ शनिबार
image/svg+xml
अर्थ

शेयरको अनलाईन कारोबार प्रणाली सञ्चालनमा

काठमाडौं– नेपाल शेयर बजारलाई अन्तरराष्ट्रिय स्तरको बनाउने गरी नेपाल स्टक एक्सचेन्जले आज देखि अनलाईन कारोबार प्रणाली सुरु गरेको छ। चालु आर्थिक वर्षको पहिलो दिन(गत साउन १) देखि नै सञ्चालनमा ल्याउने भनिएको स्वचालित अनलाईन कारोबार प्रणाली आजदेखि पूर्ण कार्यान्वयनमा ल्याइएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।अनलाइन प्रणालीको आज अर्थमन्त्री युवराज खतिवडाले उद्घाटन गरेका हुन्। 

यो प्रणाली सुरु भएसँगै अब दास्रो बजारमा शेयर कारोबारका लागि धितोपत्र दलाल व्यवसायी (ब्रोकर) अफिस घाउनु पर्ने वाध्यता हटेको छ। शेयर खरिदविक्री कार्य घरमै बसी अनलाईन मार्पmत नै कारोबार संभव हुने भएपछि विदेशमा बस्ने नेपालीलेसमेत दिन दिनै सेयर कारोबारमा सहभागी हुनसक्ने छन्। आजदेखि आम लगानीकर्ताले इन्टरनेटको पहुँच भएको कुनै पनि स्थानमा रहेर आफैंले कारोबार गर्न सक्नेछन।
 

कसरी गर्ने शेयरको अनलाईन कारोबार

अनलाइनमार्फत् सेयर कारोबार गर्न चाहने लगानीकर्ताले (ब्रोकर) कहाँ गएर कारोबारसम्बन्धी व्यक्तिगत विवरण खुल्ने खाता खोल्नुपर्छ।  र ब्रोकरमार्फत् ‘युजरनेम’ र ‘पासवर्ड’ लिनुपर्ने हुन्छ व्यक्तिगत विवरणमा सीआस्बासहितको बैंक खाता, हितग्राही (डीम्याट) खाता, ईमेल ठेगाना र मोबाइल नम्बर अनिवार्य गरिएको छ।

नेप्सेले गत साउन १ गतेदेखि यो स्वचालित अनलाइन प्रणालीमा सबै ब्रोकरहरुलाई जोडेर परीक्षण गरिरहेको थियो। ब्रोकरहरु पनि आवश्यक भौतिक तयारी पूरा गरी स्वचालित प्रणालीका लागि तयार भएका छन।पूर्ण स्वचालित अनलाइन प्रणाली कार्यान्वयनमा आएसँगै सेयर बजारमा सर्वसाधारणको पहुँच बढ्ने छ। मूलतः राजधानी केन्द्रित शेयरको देस्रो बजार अव  मूलुक व्यापकता पाउने छ।

यसअघि धितोपत्र बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डले अनलाइन प्रणाली कार्यान्वयन गर्न नेप्सेलाई पटक पटक निर्देशन दिँदै आएको थियो।

 

प्रकाशित: २० कार्तिक २०७५ ०७:१५ मंगलबार

नेपाल_स्टक_एक्सचेन्ज अनलाईन_कारोबार_प्रणाली