१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

जापानीज चामल वितरण शुरु

डोल्पा – मुल्यवृद्धिले बिक्री नभएर थन्किएको नेपाल खाद्य संस्थानको जापानीज चामल दशैं र तिहारको अवसर पारेर वितरण शुरु गरिएको छ। प्रतिकेजी ३५ रुपैयाँमा बिक्री गर्दै आएको चामलको मुल्यवृद्धि गरेर प्रतिकेजी ६६ रुपैयाँ पुर्याइएपछि महँगो भयो भन्दै सर्वसाधारणले लिन नमानेपछि गोदाममै चामल थन्किएको थियो।

सर्वसाधारणले चामल लिन नमानेपछि जिल्ला समन्वय समितिका संयोजक तथा जिल्ला खाद्य व्यवस्था समितिका संयोजक शेरबहादुर बुढाको अध्यक्षतामा भदौ पहिलो साता बसेको बैठकले मुल्यवृद्धि घटाउन माग गर्दै नेपाल खाद्य संस्थान केन्द्रीय कार्यालयलाई पत्रचार गरेको थियो।

नेपाल खाद्य संस्थानले बिक्री गर्ने जापानीज चामल प्रतिकेजी ५ रुपैयाँ कम गरेर बिक्री गर्नुभनी पत्र आएपछि महँगीले थन्किएको चामलको वितरण पुनः शुरु भएको नेपाल खाद्य संस्थान शाखा कार्यालय डोल्पाका प्रमुख कमलराज उपाध्यायले बताए।

दशै तिहारपछि मात्र घटेको मुल्य लागू गर्नु भन्ने पत्रचार भएकाले अहिले भने वृद्धि मुल्यमै वितरण गरिएको उपाध्यायले बताए। उनका अनुसार जुफाल गोदामबाट ४ सय क्वीन्टल, दुनै डिपोबाट ३ सय क्वीन्टल र सर्मी डिपोबाट १४५.८० क्वीन्टल चामल वितरण गरिएको हो। नेपाल सरकारले नेपाल खाद्य संस्थान मार्फत डोल्पा लगायतका कर्णालीका पाँच जिल्लामा ढुवानी अनुदानमा चामल र नुन उपलब्ध गराउदै आइरहेको छ।

प्रकाशित: २३ आश्विन २०७५ ०६:२८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App