१५ आश्विन २०८१ मंगलबार
image/svg+xml
अर्थ

माउन्टेन इनर्जीको बिक्री प्रबन्धकमा दुई कम्पनी

काठमाडौं – माउन्टेन इनर्जी नेपाल लिमिटेडले नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेड र सिबिआइएल क्यापिटल लिमिटेडलाई सेयर निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ। 

कम्पनीले ३९ लाख ३६ हजार ५४ कित्ता साधारण सेयर निष्कासन गर्नको लागि उक्त नियुक्ति गरेको हो । यससम्बन्धी त्रीपक्षीय सम्झौतापत्रमा माउन्टेन इनर्जीका सञ्चालक श्यामसुन्दर खेतान, नबिल इन्भेस्टमेन्टका प्रमुख कार्यकारी अधिकृत सबिरबादे श्रेष्ठ र सिबिआइएल क्यापिटलका प्रमुख कार्यकारी अधिकृत समिरप्रसाद दाहालले हस्ताक्षर गरेका छन् । उक्त साधारण सेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दा तथा सर्वसाधारणका लागि चाँडै निष्कासन गरिने जानकारी दिइएको छ।

 

प्रकाशित: १७ आश्विन २०७५ ०३:४१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App