६ आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

बारामा यामाहाको अर्को सोरुम

काठमाडौं – नेपालका लागि यामाहा मोटरसाइकलको आधिकारिक बिक्रेता एमएडब्लु इन्टरप्राइजेजले सोमबारबाट बाराको जितपुरमा नयाँ डिलर सुरु गरेको छ । एमएडब्लुले आजम इन्टरप्राइजेजमार्फत यस क्षेत्रका ग्राहकलाई ‘थ्री एस’ (सेल्स, सर्भिस र स्पेयर पार्टस)को सुविधा सुरु गरेको हो । यो क्षेत्रमा बढ्दै गएको यामाहा मोटरसाइकल र स्कुटरप्रतिको क्रेजलाई दृष्टिगत गरी नयाँ डिलरसिप सुरु गरिएको कम्पनीले जनाएको छ।

नयाँ सोरुमको उद्घाटन जितपुर सिमरा उपमहानगरपालिकाका मेयर डा. कृष्ण पौडेलले गरेका थिए । आजम इन्टरप्राइजेजबाट ग्राहकले विश्वस्तरीय प्रविधिजडित यामाहाका लोकप्रिय मोटरसाइकल र स्कुटरहरुको ‘थ्री एस’सहित एक्सचेन्ज र फाइनान्सको पनि सुविधा पाउने एमएडब्लुको विज्ञप्तिमा उल्लेख छ।

पर्फर्मेन्स र स्टाइलका कारण युवामाझ निकै लोकप्रिय बन्दै गएको मोटरसाइकल ब्रान्डको सोरुम सुरु गर्नु गौरवको कुरा भएको आजम इन्टरप्राइजेजका प्रबन्ध निर्देशक मुगले आजम मन्सुरले बताए । उनले अब यामाहा ब्रान्डका दुईपांग्रे किन्न र सर्भिस गर्न टाढा धाइरहनुनपर्ने बताए । ‘यहाँबाट हाई–टेक वर्कसप, तालिम प्राप्त र दक्ष टेक्निसियन रहनेछन्, जसले मोटरसाइकलको गुणस्तरीय सर्भिसिङ गर्नेछन्,’ मन्सुरले भने।

यामाहाले नेपाली बजारमा विभिन्न भेरियेन्टका मोटरसाइकल र स्कुटर बिक्री गर्दै आएको छ । स्कुटरमा यामाहाको फेसिनो, रे जेडआर, रेजी र अल्फा गरी चार मोडेल छन् भने मोटरसाइकलमा आर३, एफजी२५, फेजर२५, आर१५, एफजेड–एस एफआई, एसजिआरआर र सलुटो उपलब्ध छन् । यामाहाले भर्खरै मात्र एफजिएस एफआई डबल डिस्क पनि बजारमा ल्याएको छ । साथै, फेजर प्लेटफर्मको फेजर२५ले पनि राइडरहरुलाई आकर्षित गरिरहेको कम्पनीको दाबी छ।

एमएडब्लुले नाडा अटो सोमार्फत आर१५ भी३, एक्सटिजेड र रे जेडआर स्ट्रिट -याली गरी तीनवटा नयाँ मोडेल सार्वजनिक गरेको थियो । यामाहाका मोटरसाइकल र स्कुटरहरु प्याटेन्टेड ‘ब्लु कोर’ इन्जिनजडित छन् । यामाहाको ‘आर’ सिरिज र ‘एफजी’ सिरिजमा अत्याधुनिक फ्युल इन्जेक्सन (एफआई) प्रविधि जडान गरिएको छ जसले पर्फर्मेन्स बढाउनुका साथै इन्धन खपत घटाउँछ र यसैले गर्दा यामाहाका मोटरसाइकलमा माइलेज बढी पाइन्छ।

यामाहाले दसैं, तिहारको अवसरमा नयाँ ग्राहक योजना ल्याएको छ जसमा यामाहाका मोटरसाइकल तथा स्कुटर किन्ने ग्राहकले कम्तीमा सात हजारदेखि एक लाखसम्म नगद छुट स्क्र्याचमार्फत पाउने छन् । साथै, हरेक साता एकजना भाग्यशाली ग्राहकले यामाहा आर३ जित्न सक्ने कम्पनीको भनाइ छ।

प्रकाशित: ९ आश्विन २०७५ ०६:२७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App