१४ आश्विन २०८१ सोमबार
image/svg+xml
अर्थ

खलंगा बजारमा कृषि विकास बैंकको अनलाइन सेवा

काठमाडौं – जाजरकोटको खलंगा बजारमा कृषि विकास बैंकको  अनलाइन बैंकिङ सञ्चालनमा ल्याएको छ । 

बैंकका प्रमुख कार्यकारी अधिकृत लिलाप्रकाश सिटौलाले उक्त सेवाको उद्घाटन गरेको बैंकले जनाएको छ । कृषि विकास बैंक क्षेत्रीय कार्यालय, नेपालगन्जका निर्देशक रामचन्द्र आचार्यको अध्यक्षतामा कार्यक्रम भएको थियो।

सेवाग्राही तथा सर्वसाधारणको व्यापक उपस्थिति रहेको उद्घाटन समारोहमा विभिन्न कार्यालय–संघ–संस्थाका प्रतिनिधि, जिल्ला समन्वय समितिका उपप्रमुख ज्ञानीप्रसाद शर्मा लगायतको सहभागिता रहेको जारी विज्ञप्तिमा उल्लेख छ। 

प्रकाशित: १९ भाद्र २०७५ ०४:२९ मंगलबार

कृषि_विकास_बैंक जाजरकोट_खलंगा