११ मंसिर २०८१ मंगलबार
image/svg+xml
अर्थ

इसेवा पसलको कारोबार सुरु

काठमाडौं – इसेवा पसलको औपचारिक रूपमा कारोबार सुरू भएको छ । भाटभटेनी अनलाइन डटकमलाई इसेवा पसल डटकमका रुपमा रि–ब्रान्डिङ गरी एफवान सफ्ट इन्टरनेसनल प्रालिले सुरु गरेको हो। 

कार्यक्रममा इसेवा पसल डटकमका सिइओ मनिस श्रेष्ठले अनलाइन सपिङको क्षेत्रमा इसेवा पसल एक महŒवपूर्ण कोसेढुंगा हुने विश्वास व्यक्त गरे । उनले भने, ‘अबको भविष्य भनेकै अनलाइन सपिङको हो । हामी ग्राहकलाई सर्वसुलभ मूल्यमा उच्चतम सेवा प्रदान गर्नेछौं।’

कम्पनीले इसेवा पसलको औपचारिक उद्घाटन गरेको अवसरमा आफ्ना ग्राहकको सुविधालाई मध्यनजर गर्दे विभिन्न किसिमका छुट योजना सार्बजनिक गरेको छ । छुट योजनाअनुसार ग्राहकहरूले इसेवा पसलमा सामान किन्दा इसेवामार्फत रकम भुक्तानी गर्दा ५ प्रतिशतसम्म क्यास ब्याक पाउन सक्नेछन्। 

यस्तै नबिल बैंकको भिसा कार्डमार्फत् अनलाइन रकम भुक्तानी गर्दा २५ प्रतिशत र कार्ड अन डेलिभरी गर्दा १० प्रतिशत क्यास ब्याक पाइने छ । कम्पनीले किस्ताबन्दीमा सामान किन्न सकिने सुविधाका साथै दसैंलाई मध्यनजर गरेर सामान किन्दा लक्की ड्रमार्फत ग्राहकलाई विभिन्न किसिमका ग्राहक उपहार योजना ल्याउने जनाएको छ । उदैछ । इसेवा पसलले सामान अर्डर गरेको २४ घन्टा भित्र निःशुल्क डेलिभरी गर्ने समेत जनाएको छ। 

इसेवा पसलमा इसेवा लगायत नेपालका अधिकांश बैंकका मोबाइल बैंकिङ, इबैंकिङ र कार्डमार्फत् भुक्तानी गर्न सकिने व्यवस्था मिलाइएको छ।

प्रकाशित: १९ भाद्र २०७५ ०४:२६ मंगलबार

इसेवा भाटभटेनी_अनलाइन_डटकम