काठमाडाैं - नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मुल्यमा वृद्धि गरेको छ। आईतवार राती १२ बजेदेखी लागु हुने गरी निगमले पेट्रोलमा १ रुपैयाँ, डिजल र मट्टीतेलमा २ रुपैयाँ, हवाई इन्धन (आन्तरिक उडानतर्फ) ४ रुपैयाँ ५० पैसा तथा हवाई इन्धन (वाह्य उडान) मा प्रतिहजार लिटरमा ५० युएस डलर वृद्धि गरेको हो।
नयाँ मुल्य अनुसार अव पेट्रोल प्रति लिटर १ सय ११ , डिजल तथा मट्टीतेल ९५, हवाई इन्धन (आन्तरिक उडानतर्फ) १ सय ४ रुपैयांँ ५० पैसा तथा हवाई इन्धन (वाह्य उडान) तर्फ प्रतिहजार लिटरको मुल्य १ हजार १ सय २५ डलर पुगेको छ। निगमले ग्याँसको मुल्य भने यथावत राखेको छ।
नयाँ मुल्य लागु भएपछि निगमलार्इ पेट्राेलमा प्रतिलिटर ६५ पैंसा फाइदा हुनेछ भने डिजलमा ७० पैसा घाटा हुनेछ। यस्तै ग्याँसमा भने प्रति सिलिण्डर २ सय ८० रूपैयाँ ६४ पैंसा घाटा रहेकाे निगमले जानकारी दिएकाे छ। स्वतः संचालित मूल्य संरचना अनुरुप पेट्राेलियम पदार्थकाे मुल्य वृद्धि गरिएकाे निगमले बताएकाे छ।
प्रकाशित: ३ भाद्र २०७५ १५:०९ आइतबार