२० आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

मासुको खपत बढ्दै

काठमाडौं – काठमाडौंमा जनसंख्या वृद्धिसँगै मासुको खपतसमेत बढ्दै गएको छ। काठमाडौँमा दैनिक एक लाख ५० हजार किलो मासुको माग रहेको छ।

उत्पादन अपुग भएपछि भारतबाट वार्षिक पाँच लाख ५० हजार तथा चीनबाट १२ हजारभन्दा बढी खसिबोका आयात गरिँदै आएको छ। 

काठमाडौँ चौपाया खरिद बिक्री प्रालि कलंकीले विगत २३ वर्षदेखि काठमाडौँ उपत्यका तथा नजिकका जिल्लाबाट खसिबोका व्यवस्थापन गर्दै आएको छ। पशुपक्षी बजार निर्देशनालयका निर्देशक डा बलराम थापा आम्दानी बढेसँगै मासुको उपभोग गर्ने प्रवृत्ति बढेको बताउछन्। 

‘कन्जुमर आइ’ संस्थाकी अध्यक्ष विमला खनालले संविधानमै उपभोक्तालाई गुणस्तरीय तथा स्वस्थ मासु खान पाउने अधिकार सुनिश्चित गरेको भएपनि सरकारले मासुको गुणस्तरमा ध्यान दिन नसकेको बताइन्। 

नेपाल चौपाया खरिद बिक्री संघका अध्यक्ष गोविन्द पाठकले करिब ७५ प्रतिशत मासुजन्य वस्तु भारतबाट आयात गर्ने गरिएको बताए। (रासस)

प्रकाशित: २ श्रावण २०७५ १०:४७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App