२१ आश्विन २०८१ सोमबार
image/svg+xml
अर्थ

बिर्तामोडमा आरई महा टेस्ट ड्राइभ

काठमाडाैं - बजाज थ्रि ह्विलर्स बजाज आरइको एक मात्र आधिकारिक बितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले बजाज आरई नेपाली बजारमा बिक्री बितरण गर्दै आएको छ । बजाज आरइको बारेमा जानकारी दिने र सवारीधनीहरुलाई टेष्ट ड्राइभ र मनोरञ्जन दिने उद्धेश्यका साथ यहि बैशाख २२ गते झापाको  बिर्तामोडमा बजाज आरई महा टेष्ट ड्राइभ मेला भव्य रुपमा सम्पन्न गरेको छ।

कलाकारहरुले यही बैशाख १९,२० र २१ गते बजाज आरइको बिषयमा जानकारी दिने उद्देश्यले सडक नाटकहरु प्रस्तुत गरेका थिए । उक्त नाटकमा बजाज आरइको बारेमा, बजाज आरइको उद्देश्यको बारेमा र बजाज आरई महा टेष्ट ड्राइभ मेलाका बारेमा स्थानीयलाई जानकारी गराइएको थियो।

विश्वको प्रमुख थ्रि ह्वीलर आरइले नेपालीहरुलाई स्वदेशमा नै रोजगार प्रदान गर्ने उद्धेश्यका साथ नेपालमा बजाज आरइ बिक्री गर्दै आएको छ । वैदेशिक रोजगारमा गएर फर्किएका तथा वैदेशिक रोजगारमा जान लागेका नेपालीहरुलाई देश भित्रै रोजगारीको अवसर सिर्जना गरि आर्थिक रुपमा सम्पन्न बनाउन बजाज आरइ महा टेष्ट ड्राइभ मेला आयोजना गरेको हो।

बजाज आरइमा गरिएको लगानीले पहिलो दिन देखि नै आम्दानी गर्न सकिने हुँदा यसको मूख्य नारा नै ‘एउटा यस्तो लगानी जसले गर्दछ शुरुको दिन देखि नै आम्दानी’  भन्ने रहेको छ । यसले ग्राहकको चाहनालाई सार्थक पर्दछ । कम्पनीले मनोरञ्जनका साथमा बजाजका थ्रि ह्वीलरको टेस्ट ड्राइभ गर्न सकिने गरि यहि शनिबार मेला आयोजना गरेको थियो । स्थानीय डिलरहरु पनि यो कार्यक्रममा समावेश रहेका थिए । महा टेष्ट ड्राइभ मेलामा नेपाली लोकप्रिय गायक शिव परियारले विभिन्न नेपाली गीतहरु गाएर स्थानीय बासिन्दाहरुलाई मनोरञ्जन प्रदान गरेका थिए।

स्थानीय कलाकारहरुले स्थानीय बासिन्दाहरुकालाई नृत्य प्रस्तुत गरेका थिए । नेपाली लोकप्रिय गायिका मीना निरौलाले विविन्न नेपाली गीतहरु गाएर स्थानीय बासिन्दाहरुलाई मनोरञ्जन प्रदान गरेका थिए ।स्थानीय अन्य कलाकारहरुको समेत भव्य प्रस्तुति रहेको थियो । स्थानीय बासीले कार्यक्रमलाई एउटा उत्सबको रुपमा मनोरञ्जन लिएका थिए।

बजाज आरइले मनोरञ्जनका साथमा बजाजका थ्रि ह्वीलरको टेस्ट ड्राइभ गर्न सकिने गरि यहि शनिबार मेला आयोजना गरेको थियो । कार्यक्रममा ३००० भन्दा बढि मानिसहरु सहभागी भएका थिए । मेलामा ६०० भन्दा बढी टेस्ट राइड प्रदान गरिएको थियोे र बजाज आरइ बुकिंग भएको थियो । यो मेलामा ५ वटा लक्कि ड्र गरिएको थियो।

त्यसैगरी साङ्गीतिक कार्यक्रम, फुड स्टलको व्यवस्था, ट्राफिक नियमको बारेमा सर्वसाधारणलाई जानकारी दिईयो । झापा पहिलो पटक आयोजना गरिएको बजाज आरई महा टेष्ट ड्राइभ मेला झापाको आधिकारिक बिक्रेता श्री हलेशी ट्रेड लिंकको सहयोगमा सम्पन्न भएको थियो ।केहि समय अगाडी मात्र बजाज आरइले स्वरोजगार ¥याली आयोजना गरेको थियो । जो सरहानियको थियो । यो र्रयालीले पूर्व पश्चिम राजमार्गमा २८ दिनसम्म यात्रा गरेको थियो जून यात्रा बिर्तामोडबाट शुरु भएको थियो र महेन्द्रनगरमा समापन भएको थियो।

प्रकाशित: २६ वैशाख २०७५ ०५:४१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App