अन्तरराष्ट्रिय बजारमा सुनको मूल्यमा निरन्तर वृद्धि भएको छ। स्थानीय बजारमा पनि त्यसको प्रभाव परेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज प्रतितोला सुन एक लाख ६८ हजार पाँच सय रूपैयाँमा कारोबार भएको छ। सोही परिमाणको पहेँलो धातु सोमबारको तुलनामा आज एक हजार पाँच सय रूपैयाँले बढेको हो।
यसैगरी चाँदीको मूल्य प्रतितोला ४० रूपैयाँले बढेर दुई हजार पाँच कायम भएको महासङ्घले जनाएको छ। सोमबार एक तोला चाँदी दुई हजार ६५ रूपैयाँमा खरिदबिक्री भएको थियो। अन्तरराष्ट्रिय बजारमा प्रति औँस सुन दुई हजार सात सय ५३ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
प्रकाशित: १३ कार्तिक २०८१ १२:५१ मंगलबार