११ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अर्थ

धुनिवेशीका विद्यार्थीलाई युनाइटेड सिमेन्ट लिमिटेडको पोशाक सहयोग

युनाइटेड सिमेन्ट लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत धादिङको धुनिवेशी नगरपालिकामा रहेको बराहिदेवी आधारभूत विद्यालयका विद्यार्थीहरूलाई विद्यालय पोशाक वितरण गरेको छ ।

पोशाक वितरणले विद्यालयको समग्र शैक्षिक वातावरण सुधार गर्दै विद्यार्थीहरूलाई पठनपाठनमा उत्साहित गर्न सहयोग पुग्ने विश्वास युनाइटेडको छ ।  

युनाइटेड सिमेन्ट लिमिटेडले स्थानीय समुदायसँगको सहकार्यलाई बलियो बनाउने उद्देश्यले सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । यस अवसरमा कम्पनीका महाप्रबन्धक हरि उप्रेतीले भने, “हामी आफ्नो व्यवसायिक लक्ष्यसँगै सामाजिक उत्तरदायित्वलाई पनि समान महत्त्व दिन्छौं। यस प्रकारका सहयोगले विद्यार्थीहरूको आत्मविश्वास अभिवृद्धि गर्नेछ र शिक्षामा थप प्रगति गर्न प्रेरित गर्नेछ।“

धुनिवेशी नगरपालिकाका प्रमुख बालकृष्ण आचार्यले भने, “विद्यार्थीहरूको शैक्षिक प्रगतिको लागि यस्तो सहयोग अत्यन्त महत्त्वपूर्ण हुनेछ र यसले विद्यार्थीहरूमा थप उत्साह र लगाव उत्पन्न गराउनेछ ।“  

युनाइटेड सिमेन्ट लिमिटेडले शिक्षा, स्वास्थ्य र सामाजिक सेवाका क्षेत्रमा निरन्तर योगदान गर्दै जाने प्रतिबद्धता व्यक्त गरेको छ ।

प्रकाशित: ११ आश्विन २०८१ १४:१६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App