१२ आश्विन २०८१ शनिबार
image/svg+xml
अर्थ

ग्लोबल आइएमई बैंकको अनलाइन प्लेटफर्ममार्फत सेयर धितोकर्जा लिन पाइने

ग्लोबल आइएमई बैंक लिमिटेडले फास्ट लोन अगेन्स्ट शेयर प्लेटफर्म सार्वजनिक गरेको छ । यसअन्तर्गत इच्छुक सेवाग्राहीले अनलाइनबाट सेयर धितो कर्जाका लागि आवेदन दिन सक्नेछन् ।  

बैंकले सार्वजनिक गरेको डिजिटल प्लेटफर्ममार्फत ग्राहकहरूले आफूसँग भएको सेयरहरू धितो राखी सरल प्रकृयाबाट सेयर धितो कर्जा प्राप्त गर्न सक्नेछन् ।  

ग्राहकहरूले अनलाइनबाट यो प्लेटफर्म प्रयोग गरी कर्जाको आवेदन दिन र आवश्यक कागजातहरू बुझाउन सक्नेछन् ।  

यस प्रकृयामा अनलाइन आवेदन पूरा गरेपछि आवेदकले निवेदनको अवस्थाको बारेमा आफैँले जानकारी लिन समेत सक्नेछन् ।  

यो सेयर धितो कर्जाको सीमा हालका लागि न्यूनतम ५ लाखदेखि अधिकतम २५ लाख रुपैयाँसम्म तोकिएको बैंकले जनाएको छ ।  

यो कर्जाको निमित्त धितोको रुपमा स्वीकार गरिने सेयरहरू निवेदक स्वयम्को हुनु पर्नेछ, निवेदक बाहेक अन्य व्यक्तिको सेयरहरू धितोको रुपमा स्वीकार नगर्ने आईएमई बैंकले स्पष्ट पारेको छ ।  

यो सुविधा हालसालै सार्वजनिक गरेको डिजिटल युनिभर्समा पनि उपलब्ध बैंकले जनाएको छ ।  

प्रकाशित: ११ आश्विन २०८१ १४:०४ शुक्रबार

#Global IME Bank