१५ आश्विन २०८१ मंगलबार
image/svg+xml
अर्थ

सेयरबजार सतही, दायरा संकुचित

काठमाडौं- सरकारले श्वेतपत्रमा नेपालको पूँजी बजार सतही रहनुका साथै दायरा संकुचित रहेको उल्लेख गरेको छ। पूँजी बजारमा हाल २०८ कम्पनीहरु सूचीकृत रहेतापनि तीमध्ये ७५ प्रतिशत वित्तीय संस्था रहेका छन्। पूँजी बजारको कुल कारोबारमा वित्तीय संस्थाहरुको अंश ८१ प्रतिशत रहेको जनाइएको छ। त्यसैगरी जलविद्युत क्षेत्रको कारोबारको अंश ५ प्रतिश, उद्योगको ३ प्रतिशत र होटलको २ प्रतिशत मात्र रहेको छ। पूँजी बजार अर्थतन्त्रमा साधन परिचालन गर्न सशक्त माध्यम भएतापनि पूँजी बजारलाई ऋण बजारको रुपमा विकास गर्न नसकिएको औंल्याइएको छ। यो अहिले धितोपत्रमा मात्र सिमित रहेको छ।

पूँजी बजारलाई ठूलो परिणामको स्वलगानी परिचालन गर्न संस्थागत र नीतिगत सुधारको आवश्यक रहेको श्वेतपत्रमा उल्लेख छ।

संस्थागत लगानीकर्ताको न्यूनता र वित्त वित्त बजारमा तरलताको अभावसँगै बढ्दो ब्याजदर र शेयर निष्काशन तथा आपूर्तिमा भएको वृद्धिले अहिले शेयर मूल्य प्रभावित भएको विष्लेशण छ। ‘पूँजी बजार कारोवारमा यथार्थ सूचना सम्प्रेषणको अभाव, पारदर्शिताको कमी तथा लगानीकर्ताहरु र खासगरी साना लगानीकर्ताहरुमा शेयर लगानी सम्बन्धी ज्ञानको कमीले शेयर मूल्य मापन गर्ने नेप्से सूचकाङकमा उचारचढाव आउने गरेको छ’, श्वेतपत्रमा भनिएको छ।

लघुवित्तको संस्थाहरुको कारोवार बढ्दो क्रममा भए पनि संस्थागत स्थायीत्वमा प्रश्न उठ्न थालेको भन्दै चिन्ता व्यक्त गरिएको छ। ०७४ पुस मसान्तसम्ममा लघुवित्तबाट गरिब १७ लाख जनसंख्यालाई १ खर्व २२ अर्ब ऋण प्रवाह हुन सकेपनि यो अवधिसम्ममा जम्मा ४१ अर्ब मात्र बचत परिचालन भएको जनाइएको छ। यस्ता संस्थाहरुको कारोवारमा दोहोरोपन देखिएको जनाइएको छ।

प्रकाशित: १६ चैत्र २०७४ १२:०१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App