प्रभु बैंकले ‘कागबेनी मन्दिर श्राद्धस्थल व्यवस्थापन समिति’ लाई क्युआर स्ट्यान्ड उपलब्ध गराएको छ।
बैंकले कागबेनीमा भक्तजनहरूको सहजीकरण तथा सुविधाका लागि क्युआर स्ट्यान्ड उपलब्ध गराएको हो।
मुस्ताङको समुन्नत आर्थिक विकास तथा समृद्धिका लागि बैंकले वित्तीय सेवा मात्र नभएर वित्तीय सचेतना तथा सामाजिक उत्तरदायित्व निर्वाहमा समेत विशेष ध्यान दिएको जनाएको छ।
प्रकाशित: २८ चैत्र २०८० ०८:३५ बुधबार