१७ फाल्गुन २०८२ आइतबार
image/svg+xml
अर्थ

‘निर्माण व्यवसायीले २० अर्ब भुक्तानी पाउनै बाँकी’

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले निर्माण व्यवसायीले राज्यबाट अझै २० अर्ब रूपैयाँ भुक्तानी पाउनै बाँकी रहेको बताएका छन्।

महासंघको २५ औं वार्षिक साधारणसभाको पूर्व सन्ध्यामा हेटौडामा आयोजित पत्रकार सम्मेलनमा राज्यले स्रोत सुनिश्चितता नगरी ठेक्का लगाउँदा समस्या भएको बताए। ‘बजेटको व्यवस्था नगरी आयोजना सञ्चालन गर्दा काम गर्न गाह्रो भएको छ। निर्माण क्षेत्र चलायमान नहुँदा मुलुकमा आर्थिक समस्या देखिएको छ’, सिंहले भने, ‘अहिले हामी महँगोमा सामान खरिद् गर्न बाध्य छौं। स्रोत सुनिश्चित नभएको आयोजनाका कारण मार परेको छ।’ निर्माण व्यवसायीलाई मात्रै एकपक्षीय आरोप लगाउने काम भएको भन्दै उनले दुःख व्यक्त गरे। 

प्रकाशित: १८ चैत्र २०८० ०९:५५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App