१७ फाल्गुन २०८२ आइतबार
image/svg+xml
अर्थ

सुनको मूल्यमा सामान्य गिरावट, चाँदीको स्थिर

नेपाली बजारमा आज सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला चार सयले घटेर एक लाख २५ हजार चार सय कायम भएको छ।

बिहीवार छापावाल सुनको मूल्य प्रतितोला एक लाख २५ हजार आठ सय पुगेर हालसम्मकै उच्च बनेको थियो।

त्यसैगरी तेजाबी सुनको मूल्य पनि प्रतितोला रु चार सयले घटेर एक लाख २४ हजार आठ सय कायम भएको छ। बिहीबार तेजावी सुनको मूल्य प्रतितोला एक लाख २५ हजार दुई सय थियो।

बिहीवारको तुलनामा आज चाँदीको मूल्य भने स्थिर छ। आज चाँदीको मूल्य प्रतितोला रु एक हजार पाँच सय १५ कायम भएको छ।

प्रकाशित: २ चैत्र २०८० ११:४८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App