१४ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
अर्थ

नेपाल मेडिकल तथा ल्याब एक्स्पो

एस डि प्रोमो मिडियाले इइपिसी भारत र केमसान नेपालसँगको सहकार्यमा सातौं नेपाल मेडिकल तथा ल्याब एक्सपोको फागुन १७ गतेदेखि १९ गतेसम्म भृकुटीमण्डपमा हुने भएको छ।

प्रोमो मिडियाका प्रोजेक्ट प्रमुख अनुरोध परासरले नेपालको स्वास्थ्य क्षेत्रमा योगदान दिने उद्देश्यले नेपाल मेडिकल एन्ड ल्याब एक्सपो आयोजना हुन लागेको बताए।

उनले एक्स्पोमा सबैभन्दा ठूलो बि टु बी मेडिकल, डाएग्नोस्टिक ल्याबरेटोरी तथा विश्लेषणात्मक समाधानहरूको प्रदर्शनी हुने बताएका छन्। प्रदर्शनीले विभिन्न मूल्यका नवीन प्रयोग र विविध उत्पादनहरू देखाउने, देशैभरिका विभिन्न ग्राहकको माग सम्बोधन गर्ने र प्रदर्शनीले साना तथा ठूला कम्पनीहरूलाई एक अर्कासँग परिचय तथा सम्बन्ध बढाउँदै आफ्ना सिर्जनाहरू परिचित गराउने सुनौलो अवसर दिने बताएका छन्।

प्रकाशित: १५ फाल्गुन २०८० ०८:२१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App