१६ फाल्गुन २०८२ शनिबार
image/svg+xml
अर्थ

ग्लोबल बैंकका दुई नयाँ शाखा

ग्लोबल आइएमई बैंक लिमिटेडले दुई नयाँ शाखा सञ्चालनमा ल्याएको छ। बैंकले सर्लाहीको मलंगवा नगरपालिका–८, मलंगवा र काभ्रेको धुलिखेल नगरपालिका–३, धुलिखेलमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो। यी दुई नयाँ शाखाबाट सम्पूर्ण बैंकिङ सेवा सुरु भएका छन्।

ग्लोबल आइएमई बैंक मुलुकका ७७ वटै जिल्लामा शाखा सञ्जाल रहेका वित्तीय सूचक अनुसार मुलुककै सबैभन्दा ठूलो वाणिज्य बैंक हो। बैंकले देशका सबै जिल्ला तथा तीन अन्तर्राष्ट्रिय सम्पर्क/वैदेशिक प्रतिनिधि कार्यालयसहित ११ सय भन्दा बढी सेवा केन्द्रबाट बैंकिङ सेवा प्रदान गर्दै आएको छ।

प्रकाशित: २४ पुस २०८० ०५:३४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App