१४ चैत्र २०८२ शनिबार
image/svg+xml
अर्थ

सर्वोच्च साकोसमा नयाँ कार्यसमिति

चाबहिलस्थित सर्वोच्च विकास बचत तथा ऋण सहकारी संस्थाको २१ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ।

सभामा प्रमुख कार्यकारी अधिकृत ब्रह्मबहादुर बजगाईंले सस्थाको वार्षिक प्रतिवेदन भावी कार्यक्रम तथा बजेट प्रस्तुत गरेका छन्। यस्तै संस्थामा कारोबार गर्ने उत्कृष्ट ऋणी, उत्कृष्ट बचतकर्ता तथा विभिन्न व्यक्तित्वलाई सभामा सम्मान तथा पुरस्कृत गरिएको थियो। साथै सभामा नयाँ समितिको निर्वाचन सम्पन्न भई सञ्चालक समितिमा तुलाबहादुर बडाल र लेखा समितिमा विकास राज गौतमको नेतृत्वमा नयाँ समिति गठन भएको थियो।

प्रकाशित: २४ पुस २०८० ०५:२७ मंगलबार

सर्वोच्च विकास बचत तथा ऋण सहकारी संस्था २१ औं वार्षिक साधारणसभा