काठमाडौं – ओपोले चीनमा आयोजित २०१८ क्वालकम टेक्नोलोजी डेमा ‘फाइभजी पायोनियर इनिसियटिभ’का लागि क्वालकम टेक्नोलोजीसँग सहकार्य गर्ने घोषणा गरेको छ ।
फाइभजी युगमा मोबाइल प्रविधिमा प्रवर्तनको अन्वेषणका लागि यो सहकार्य गरिएको विज्ञप्तिमार्फत जानकारी दिइएको छ ।फाइभजी पायोनियर इनिसिएटिभ मार्फत क्वालकम टेक्नोलोजिजले विश्वभर ओपोका प्रयोगकर्तालाई रेडियो फ्रिक्वेन्सी फ्रन्ट इन्ड फिल्ड जस्ता व्यापक समाधान उपलब्ध गराई अत्याधुनिक फाइभजी मोबाइल अनुभव प्रदान गर्न सघाउने कम्पनीको भनाइ छ ।
प्रकाशित: १८ माघ २०७४ ०१:४६ बिहीबार