२३ असार २०८१ आइतबार
image/svg+xml
अर्थ

राष्ट्रिय वाणिज्य बैंक वालिङ शाखाको उद्घाटन

राष्ट्रिय वाणिज्य बैंकले स्याङ्जा जिल्लाको वालिङ नगरपालिका ८ स्थित शाखा कार्यालय वालिङको उद्घाटन गरेको छ। कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले आइतबार विधिवत रूपमा उक्त शाखाको उद्घाटन गरेका हुन्।

उक्त अवसरमा मन्त्री गुरुङले नगरको समग्र विकासमा बैंकको महत्वपूर्ण भूमिका हुने जनाउँदै व्यवसायीहरूलाई आफ्नो आर्थिक कारोबार बैंकसँग जोडिएर गर्न आग्रह गरेका छन्।

यस्तै बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले रावा बैंकको कर्जाको ब्याजदर तुलनात्मक रूपमा कम भएको र निक्षेपमा आकर्षक ब्याजदर भएकाले व्यवसायीहरूलाई निर्धक्क भएर बैंकिङ कारोबार गर्न आग्रह गरेका छन्।

प्रकाशित: २५ भाद्र २०८० ०३:०० सोमबार

राष्ट्रिय वाणिज्य बैंक वालिङ शाखाको उद्घाटन