शिवम् सिमेन्ट अर्गनाइजेसन सेल्स एक्सिलेन्स अवार्ड-२०२३ बाट सम्मानित भएको छ।
ग्रोथ सेलरद्वारा आयोजित ‘सेल्स समिट-२०२३’ कार्यक्रममा शिवम् सिमेन्टले अर्गनाइजेसन सेल्स एक्सिलेन्स अवार्ड र शिवम् सिमेन्ट्सका भाइस प्रेसिडेन्ट निखिल अग्रवाल इन्डिभिज्युअल सेल्स एक्सिलेन्स अवार्ड–२०२३ बाट सम्मानित भएका हुन्।
हेटौडामा स्थापित यस सिमेन्ट उद्योगले अत्याधुनिक जर्मन प्रविधियुक्त प्लान्टबाट आफ्नै चुनढुंगा प्रयोग गरी उच्च गुणस्तरको क्लिंकर र ४३ तथा ५३ ग्रेडको शिवम् सिमेन्ट उत्पादन तथा बिक्री वितरण गर्दै आएको छ।
प्रकाशित: १३ भाद्र २०८० ०४:१५ बुधबार