५ आश्विन २०८१ शनिबार
image/svg+xml
अर्थ

एसियन पेन्ट्सद्वारा विजेता विद्यार्थीको नाम घोषणा

एसियन पेन्ट्स नेपालले आर्किटेक्चर एण्ड इन्टेरियर डिजाइन स्टुडेन्टस् कम्पिटिसन २०२२/२३ का विजेता विद्यार्थीको नाम घोषणा गरेको छ।

राष्ट्रिय स्तरको प्रतियोगिताको आठौं संस्करणमा २०७४ र २०७५ ब्याचका कुल ५१ विद्यार्थीहरूले ११ आर्किटेक्चरल र दुई इन्टेरियर डिजाइन कलेजहरूबाट भाग लिएका थिए। आर्किटेक्ट कलेजबाट प्रतियोगिताको विजेता आइओई, थापाथली क्याम्पसका सन्दीप तण्डुकार र इन्टेरियर डिजाइन कलेजबाट कान्तिपुर इन्टरनेसनल कलेजकी निलिमा प्रधान दुवैले एसियन पेन्ट्सबाट ७० हजार नगद पुरस्कार प्राप्त गरेका छन्।

आर्किटेक्ट कलेजबाट एक्मी इन्जिनियरिङ कलेजका अनमोल भण्डारी र इन्टेरियर डिजाइन कलेजबाट आइइसी कलेज अफ आर्ट एण्ड फेसनकी क्याथिमुन नकर्मी फस्ट रनरअप भए र दुवैले एसियन पेन्ट्सबाट ४० हजार नगद पुरस्कार प्राप्त गरे।

आइओई थापाथली क्याम्पस (आर्किटेक्ट कलेज) कायुनिस भट्ट क्षेत्री र कान्तिपुर इन्टरनेसनल कलेज (इन्टेरियर डिजाइन कलेज) की श्रीजा आचार्यले एसियन पेन्ट्सबाट ३० हजार नगद पुरस्कार जितेर सेकेन्ड रनर अप भएका थिए।

यस्तै सान्त्वना पुरस्कार काठमाडौं विश्वविद्यालयको स्कुल अफ इन्जिनियरिङकी मानसी श्रेष्ठ, आइओई थापाथली क्याम्पसकी रुची खकुरेल, आइइसी कलेज अफ आर्ट एण्ड फेसनकी नम्रता पन्त र आइइसी कलेज अफ आर्ट एण्ड फेसनकी रुचिता महर्जनलाई एसियन पेन्ट्सबाट १०,००० नगद पुरस्कार प्रदान गरिएको थियो।

प्रकाशित: १३ भाद्र २०८० ०३:४७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App