७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
अर्थ

महालक्ष्मी बैंक पुरस्कृत

कर्मचारीलाई उत्कृष्ट, गुणस्तर र उच्चतम संख्यामा तालिम उपलब्ध गराए बापत बैंकिङ फाइनान्स एण्ड इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपालद्वारा प्रदान गरिने ‘एल एण्ड डी एक्सिलेन्स अवार्ड–२०२३’ बाट महालक्ष्मी विकास बैंक पुरस्कृत भएको छ । बैंकले गोल्ड श्रेणी अन्तर्गतको पुरस्कार प्राप्त गरेको हो।

‘लिडर्स फर द नेक्स्ट जेनरेसनः एक्सपेक्ट द अनएक्सपेक्टेड’ कन्फरेन्सकाबीच बैंकलाई उक्त पुरस्कार प्रदान गरिएको हो। नेपाल बिमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बैंकका मानव संशाधन विभाग प्रमुख विशालराज कार्कीलाई उक्त पुरस्कार हस्तान्तरण गरेका छन् ।

यसैक्रममा बैंकले ग्राहकको बैंकिङ आवश्यकता, चाहना तथा अपेक्षालाई मध्यनजर गर्दै अझै थप गुणस्तरीय वित्तीय सेवा प्रदान गर्ने प्रतिवद्घता जनाएको छ।

 

प्रकाशित: ३१ श्रावण २०८० ०४:२६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App