१० मंसिर २०८१ सोमबार
image/svg+xml
अर्थ

‘क्याफेजा रिच रोस्ट’ इन्स्ट्यान्ट कफी बजारमा

केएल दुगड ग्रुपले ज्ञान ब्राण्ड अन्तर्गतको नयाँ उत्पादन ‘क्याफेजा रिच रोस्ट’ इन्स्ट्यान्ट कफी बजारमा ल्याएको छ।

‘क्याफेजा रिच रोस्ट’ ह्यान्डपिक गरिएको कफी बियाँबाट तयार गरिएको र यसमा अरेबिका र रोबस्टाको प्रिमियम मिश्रण समावेश भएको कम्पनीले जनाएको छ।

कफी प्रेमीहरूका लागि ‘ज्ञान क्याफेजा रिच’ रोस्ट कफी एक उत्कृष्ट रोजाइ हुने कम्पनीको दाबी छ। उच्च गुणस्तर सुनिश्चित गर्न खाद्य प्रविधिका अनुभवी र कुशल विशेषज्ञहरूले कफी परीक्षण गरी उपभोगको लागि उत्कृष्ट प्रमाणित गरेको जनाउँदै दुगड ग्रुपले ‘ज्ञान क्याफेजा रिच’ रोष्ट कफी प्रेमीहरूका लागि मुख्य रोजाइ हुने दाबी गरेको छ।

प्रकाशित: १७ श्रावण २०८० ०२:५२ बुधबार

केएल दुगड ग्रुप क्याफेजा रिच रोस्ट