१८ असार २०८१ मंगलबार
image/svg+xml
अर्थ

लघुवित्तको वित्तीय सेयर रजिष्ट्रार सम्बन्धी काम सनराइजले गर्ने

साना किसान विकास लघुवित्त वित्तीय संस्था र आरएमडीसी लघुवित्त वित्तीय संस्था मर्जर भएको छ। मर्जरपश्चात् साना किसान विकास लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार सञ्चालन भएको छ।

यस्तै साना किसान विकास लघुवित्त वित्तीय संस्थाले काठमाडौंको सेयर रजिष्ट्रार सम्बन्धी सम्पूर्ण कार्य गर्नका लागि कमलपोखरीको सन्राइज क्यापिटललाई नियुक्त गरेको छ।

कम्पनीका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत डा. नबराज सिम्खडा तथा सन्राइज क्यापिटलका तर्फबाट प्रमुख  कार्यकारी अधिकृत विजयलाल श्रेष्ठले द्विपक्षीय सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

प्रकाशित: १४ श्रावण २०८० ०४:४० आइतबार

साना किसान विकास लघुवित्त वित्तीय संस्था आरएमडीसी लघुवित्त वित्तीय संस्था