१५ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
अर्थ

मुक्तिनाथ विकास बैंक चौथो पटक पुरस्कृत

मुक्तिनाथ विकास बैंक आर्थिक वर्ष २०७८/०७९ का लागि ‘गोल्ड अवार्ड’ बाट सम्मानित भएको छ। नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले प्रदान गर्दै आएको राष्ट्रिय उत्कृष्ट वार्षिक प्रतिवेदन प्रस्तुत पुरस्कार ‘बेष्ट प्रेजेन्टेड एनुअल रिपोर्ट अवार्ड २०२२ अन्तर्गतको ‘गोल्ड अवार्ड’ बाट सम्मानित भएको हो।

उक्त पुरस्कारबाट बैंक लगातार चौथो पटक पुरस्कृत भएको हो। विभिन्न विधा अन्तर्गत विकास बैंक र वित्तीय कम्पनीहरू मध्येबाट बैंकले वित्तीयक्षेत्र विधामा पुरस्कार प्राप्त गरेको हो।

प्रकाशित: ८ श्रावण २०८० ०४:३१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App