१५ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
अर्थ

मुक्तिनाथ विकास बैंकद्वारा ह्विलचेयर हस्तान्तरण

मुक्तिनाथ विकास बैंकले सामाजिक कार्यलाई प्रभावकारी बनाउन मधेश प्रदेशका विभिन्न अस्पतालहरूमा ह्विलचेयर वितरण गरेको छ।

बैंकले मधेश प्रदेशस्थित मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रादेशिक अस्पताल जनकपुरधाम, चन्द्रनिगाहपुर अस्पताल, गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा बिरामीहरूको व्यवस्थापनका लागि ह्विलचेयर हस्तान्तरण गरेको हो।

यस कार्यबाट स्वास्थ्य क्षेत्रमा आफ्नो सामाजिक प्रयासले अस्पतालका बिरामीहरूलाई राहत पुग्ने विश्वास बैंकले गरेको छ। बैंकले उक्त सहयोगबाट सेवा क्षेत्रका नागरिक र व्यक्तिहरूको हितमा काम हुने विश्वास लिएको छ।

प्रकाशित: १७ असार २०८० ०३:१५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App