२५ असार २०८१ मंगलबार
image/svg+xml
अर्थ

तेस्रो कोल्ड चेन एसिया प्रदर्शनीको आज आइतबार अन्तिम दिन

ओलम्पिया एक्जिभिसन प्रालि र सेन्थेसिस एक्जिभिसन एण्ड इभेन्टको संयुक्त आयोजनामा भृकुटीमण्डपमा जारी प्रदर्शनीमा विभिन्न उपकरण तथा उत्पादनको प्रदर्शनी गरिएको छ।

 शुक्रबारदेखि सुरु भएको प्रदर्शनीमा कृषि विकास मन्त्रालयका सचिव डा. गोविन्दप्रसाद शर्मा (कृषि विकास) र डा.दिपककुमार खराल (पशुपन्छी विकास) ले संयुक्त रूपमा मेलाको उद्घाटन गरेका थिए। प्रदर्शनी स्थलमा ४० वटा स्टल राखिएको छ।

भारतीय कम्पनीहरू तथा नेपाली उत्पादन कम्पनीहरूको प्रदर्शनीमा आफ्नो उत्पादन र उपकरणहरूको प्रदर्शन गरिएको छ। अत्याधुनिक उपकरणहरूको प्रदर्शन गरिएको प्रदर्शनी स्थलमा वाएरहाउजिङ, मेटरिएल ह्याण्डलिङ, अटोमेसन लगायतका उपकरणहरूको प्रदर्शनी गरिएको छ। भारत तथा नेपाली कम्पनीहरूको सहभागिता रहेको प्रदर्शनीमा नेपाली व्यवसायका निमित्त अति आवस्यक रहेको मानिएको छ।

कृषि बजार, दुग्ध उत्पादन, खाद्यान्न, माछा मासु, हरिया तरकारी लामो समयसम्मको लागि चिस्यान गरी भण्डारण गर्न सकिने उपकरणहरू मेलाका प्रमुख आकर्षण रहेका छन्। नेपाली व्यवसायीहरूको व्यापारलाई प्रवर्द्धन गर्ने उद्देश्यले यस मेलाको आयोजना गरिएको भारतीय आयोजक प्रमुख एस के त्रिपाठीले बताए।

नेपाली व्यवसायलाई बढावा दिने उद्देश्यले सञ्चालन गरिएको यस प्रदर्शनीमा गान्धी अटोमेसन, केन्स टेक्नोलोजी, मनकामना एग्रो, लुङ्गी इन्डष्ट्रिज, रुचि फुडलाइन, किर्लोस्कर, सौरभ एभरेस्ट लगायतका कम्पनीका उत्पादनहरू प्रदर्शन गरिएको थियो।  

प्रकाशित: २८ जेष्ठ २०८० ०२:४७ आइतबार

ओलम्पिया एक्जिभिसन प्रालि विभिन्न उपकरण तथा उत्पादनको प्रदर्शनी