१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

सनराइजको महिला उद्यमी तालिम

सनराज बैंक लिमिटेडले दुग्ध उत्पादक कृषक महिलाहरुका लागि पाँच दिने दुग्ध उत्पादन र मूल्य श्रृङ्खला सम्वन्धी सिपमूलक तालिमको सुरुवात गरेको छ।वीरेन्द्रनगर–२ का ३५ जना कृषक महिलाहरुका लागि दुग्ध पदार्थको उत्पादन, त्यसको बजारीकरण, तालिम र वित्तिय साक्षरता सम्वन्धी तालिमको आयोजना गरिएको सुर्खेत शाखा प्रमुख सुष्मा गिरीले जानकारी दिइन्।

कार्यक्रममा भैंसीपालन गरिरहेका महिला कृषकहरु सहभागी छन्। उत्तरगंगा महिला उद्यमी साना विकास सहकारी संस्थाका अध्यक्ष पम्फा थापामगरले महिला कृषकहरुका लागि लक्षित गरेर बैंकले आयोजना गरेको कार्यक्रम प्रभावकारी रहेको बताइन्।

 ‘दुग्ध पदार्थको उत्पादन, बजारीकरण र बचतका बारेमा महिलाहरुलाई धेरै कुरा सिक्ने मौका यो कार्यक्रमले दिएको छ,’ उनले भनिन्, ‘यस्तैखाले कार्यक्रमहरु महिला दिदी–बहिनीहरुका लागि धेरै आवश्यक छ।’महिला कृषकहरुलाई ग्रामिण वित्तविज्ञ तर्कराज जोशीले तालिम दिनेछन्।

बैंकले सामाजिक उत्तरदायित्व अन्र्तगत महिला कृषकहरुका लागि दुग्ध उत्पादन, मूल्य श्रृङ्खला सम्वन्धी सिपमूलक तालिमका साथै वित्तिय साक्षरता तालिमको आयोजना गरिएको बैंकका कर्णाली प्रदेश अध्यक्ष धर्मकुमार विष्टले बताए।

उद्घाटन कार्यक्रममा वीरेन्द्रनगर–२ का वडाध्यक्ष गजबहादुर बुढा, सनराज बैंकको केन्द्रीय कार्यालयका कृषि कर्जा शाखाका अधिकृत सुवाश पोखरेल लगायतको उपस्थिति रहेको थियो।

प्रकाशित: ९ जेष्ठ २०८० १४:४२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App