१४ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
अर्थ

मुक्तिनाथ विकास बैंकका ग्राहकलाई हस्पिटलमा छुट

मुक्तिनाथ विकास बैंकले आफ्ना भिसा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकलाई थप सेवा दिन पोखराको न्यूरोडस्थित ‘कास्की मोडेल हस्पिटल’ सँग छुट प्रदान गर्ने गरी सम्झौता गरेको छ।

सम्झौतापछि बैंकका भिसा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकले उक्त हस्पिटलका विभिन्न सेवा सुविधाहरूमा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन्।

साथै, बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको एटिएम कार्ड प्रयोग गरी नेपालभरि रहेका भिसा नेटवर्कमा आवद्ध अन्य जुनसुकै बैंकको एटिएम मेसिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको जनाएको छ।

प्रकाशित: ५ जेष्ठ २०८० ०३:२५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App