९ मंसिर २०८१ आइतबार
image/svg+xml
अर्थ

हुलास आल्मुनियमको फेब्रिकेटरहरूबीच भेटघाट

हुलास आल्मुनियमले सोमबार फेब्रिकेटरहरूबीच सचेतनामूलक भेटघाट कार्यक्रम सम्पन्न गरेको छ। हुलास स्टिलले कार्यक्रममा आफ्ना फेब्रिकेटरहरूलाई केही समयअघि सार्वजनिक गरेको ‘हुलास स्टिल एप’ को बारेमा जानकारी दिएको थियो।

कार्यक्रमका दौरान हुलास स्टिलले फेब्रिकेटरहरूलाई लक्षित गर्दै ‘हुलास स्टिल एप-मोबाइलमा, युरोप भ्रमण-उपहारमा’ भन्ने नारासहित लन्च गरिएको हो।

फेब्रिकेटरहरूका लागि सौगातस्वरूप युरोप भ्रमण, ६ तोला सुन, पल्सर बाइकसँगै अन्य थुप्रै आर्कषक उपहार राखिएको कम्पनीले जनाएको छ। ग्राहकले त्यसका लागि आफ्नो मोबाइलमा हुलास स्टिल एप डाउनलोड गरी त्यस एपभित्र आफूले सामान खरिद गरी प्राप्त भएको बिल लोड गरेर खरिद रकममा तोकिएबमोजिम प्वाइन्ट प्राप्त गर्न सकिने छ। जति धेरै प्वाइन्ट जम्मा गर्न सक्यो, त्यति धेरै उपहार हुलास स्टिल एपमार्फत प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ।

प्रकाशित: २६ वैशाख २०८० ०२:३३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App