१५ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
अर्थ

सुनको मूल्य प्रतितोला एक हजार दुई सयले बढ्यो

सुनको मूल्य प्रतितोला  एक हजार दुई सयले बढेर नयाँ रेकर्ड कायम गरेको छ।नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला  एक हजार दुई सयले बढेर एक लाख ११  हजार आठ सय कायम भएको छ।

महासङ्घका अनुसार आज तेजावी सुनको मूल्य प्रतितोला एक लाख ११ हजार दुई सय ५० पुगेको छ।साथै चाँदीको मूल्य प्रतितोला एक हजार चार सय ४५ पुगेको छ।

प्रकाशित: २१ वैशाख २०८० ०६:०३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App