१३ आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

आइसिटी डे अफर योजना सुरु

नेपाल टेलिकमले राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस-२०२३ को अवसरमा ग्राहकका लागि आइसिटी डे अफर उपलब्ध गराएको छ। सो अवसरमा कम्पनीले भ्वाइस र डाटा प्याकेज उपलब्ध गराएको हो।

अफर अन्तर्गत ४९ रूपैयाँमा १ दिन चलाउन सकिने १ एमबीपीएस अनलिमिटेड डाटा र नेपाल टेलिकमकै नेटवर्कभित्र कल गर्न सकिने १०० मिनेट अन नेट भ्वाइस सेवा उपलब्ध छ।

यसैगरी डाटा प्याकेज अन्तर्गत ९८ रूपैयाँमा ३ दिन चलाउन सकिने ६ जीबी डाटा, १९९ रूपैयाँमा ७ दिन चलाउन सकिने १३ जीबी डाटा, २९४ रूपैयाँमा १० दिन चलाउन सकिने २० जीबी डाटा र ३९९ रूपैयाँमा १५ दिन चलाउन सकिने ३० जीबी डाटा प्याकेज उपलब्ध छन्।

अफर वैशाख १७ देखि १९ गतेसम्म लागु हुनेछ।

‘सुरक्षित सूचना प्रविधि, सुशासन र समृद्धि’ भन्ने मूल नारासहित राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस-२०२३ आगामी वैशाख १९ गते मनाइदै छ। 

प्रकाशित: १८ वैशाख २०८० ०३:११ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App