१५ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
अर्थ

रेसुंगा विमानस्थलमा नेपाल वायुसेवा निगमले भाेलि परीक्षण उडान गर्ने

फाइल तस्बिर।

गुल्मीको रेसुंगा विमानस्थलमा शुक्रबार परीक्षण उडान हुने भएको छ। नेपाल वायुसेवा निगमले भोलि परीक्षण उडान गर्ने तयारी गरेको हो।

रेसुंगा विमानस्थलमा यसअघि तारा एयरले परीक्षण उडान गरिसकेको र अब नेपाल वायुसेवा निगमले आफ्नो आवश्यकता अनुसार परीक्षण उडान गर्न लागेको रेसुंगा नगरपालिकाका मेयर खिलध्वज पन्थीले जानकारी दिए।

'यसअघी उडान परीक्षण भइसकेको छ', मेयर पन्थीले भने 'नियमित उडानका लागी प्रक्रिया अघी बढेको छ, यो गुल्मेली जनताको लागी खुसीको कुरा हो।'

परीक्षण उडानपछि निगमले स्थानीय पालिकासँग मिलेर हप्तामा कम्तीमा एक व्यावसायिक उडान गर्नेछ। परीक्षण उडानका लागि काठमाडौंबाट बिहान ६:३० बजे गुल्मी आउने तालिका रहेको छ। 

प्रकाशित: १४ वैशाख २०८० १४:१० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App