९ मंसिर २०८१ आइतबार
image/svg+xml
अर्थ

विगतको सेवाप्रदायक कम्पनीसँग नेपाल टेलिकमको सरोकार नरहने

नेपाल टेलिकमले विगतमा सेवा लिएका कम्पनीसँगको सम्झौता अवधि समाप्त भइसकेकाले उनीहरूसँग कुनै सरोकार नरहने बताएको छ।

हाल विगतको सेवा प्रदायक कम्पनीसँग सम्बन्धित जनशक्तिले कम्पनीको प्रांगण बाहिर विभिन्न माग राखी धर्ना दिइरहेको अवस्थामा उक्त जानकारी टेलिकमले दिएको हो। टेलिकमले कुनै पनि सेवा प्रदायक कम्पनीसँग गरेको सम्झौता अवधि सकिएपछि उनीहरूसँगको दायित्व स्वतः समाप्त हुने बताएकोछ।  

सेवा विस्तार, मर्मत सम्भार लगायतका सेवा प्रवाहसम्बन्धी कार्य सञ्चालन गर्न आवश्यकता अनुसार अन्य कम्पनीसँग कानुनबमोजिम सम्झौता गर्न सक्ने भएकाले आम सर्वसाधारणलाई भ्रममा नपर्न पनि आग्रह गरेको छ।  

नेपाल टेलिकमले विगतको सेवाप्रदायक कम्पनीसँगको सम्झौता अवधि समाप्त भइसकेको हुँदा प्रतिस्पर्धाका आधारमा अर्को सेवाप्रदायक कम्पनीमार्फत सेवा उपलब्ध गराइरहेको जानकारी पनि दिएको छ।

प्रकाशित: ५ वैशाख २०८० ०३:३४ मंगलबार

नेपाल टेलिकम