१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

उखुको मूल्य प्रतिक्विन्टल ५३१ रुपैयाँ निर्धारण गर्न सिफारिस

काठमाडौं– उद्योग मन्त्रालय र कृषि मन्त्रालय अापसी समन्वयमा उखुकाे मूल्य प्रतिक्विन्टल मूल्य ५३१ रूपैयाँ सिफारिस गरेकाे छ। उद्याेगी र कृषकहरूले अापसी छलफलबाट उखुकाे मूल्य निर्धारण गर्न नसकेपछि दुबै मन्त्रालयले सिफारिस गरेका हुन्।

उद्योग मन्त्रालयमा साेमबार चिनी उद्याेगी र कृषकलार्इ बाेलाएर मन्त्रालयले सिफारिस गरेकाे मूल्यमा दुबै पक्षले सहमति गरेपछि उक्त मूल्य निर्धारणका लागि मन्त्रिपरिषद्मा प्रस्ताव लैजान लागेकाे हाे। दुबै मन्त्रालयका तर्फबाट लगिने प्रस्ताव मन्त्रिपरिषद्ले पारित गरेपछि उखुकाे यस वर्षका लागि उखुकाे मूल्य प्रतिक्विन्टल ५३१ निर्धारण हुनेछ।

यसअघि उद्योगमन्त्रालयमा २ पटक र अन्य स्थानमा ४ पटक गरी ६ पटकसम्म भएको वार्ता उखुको मूल्य निर्धारणमा असफल भएका थिए।

उखु उत्पादक कृषकले प्रतिक्विन्टल ५५६ रुपैयाँ पाउनु पर्ने र उद्योगीले प्रतिक्विन्टल ५१३ रुपैयाँ मात्र दिन सक्ने अडान राखेपछि उखुको मूल्य निर्धारण हुन सकेको थिए। क्रसिङ सिजन सुरु भइसकेको र चिनी उद्योग सञ्चालन गर्नुपर्ने बेला भइसकेपछि मूल्य निर्धारण नभई उखु नबेच्ने किसानको अडानपछि चिनी उद्योगहरु सञ्चालनमा आउन सकेका थिएनन्।

उद्योग मन्त्रालयमा उद्योगमन्त्री नविन्द्रराज जोशी, उद्योग सचिव, कृषि सचिवलगायतको रोहबरमा वसेको बैठकले उद्योगीले भनेको र कृषकले माग गरेको मूल्यको बीचको मूल्य ५३१ रुपैयाँ तोकेपछि दुबै पक्षले उक्त मूल्यमा सहमति जनाएको उखु उत्पादक संघ नेपालका अध्यक्ष कपिलमुनि मैनालीले बताए।  
 

प्रकाशित: ११ पुस २०७३ १३:१२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App